छिम्केश्वरी धार्मिक वन हस्तान्तरण

रासस
२०८३ असार २१ | बिहान ११:०३ बजे

तनहुँ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपासको सामुदायिक वनलाई डिभिजन वन कार्यालयले धार्मिक वनका रुपमा घोषणा गर्दै छिम्केश्वरी पर्यटन समितिलाई हस्तान्तरण गरेको छ ।
शनिबार यहाँ आयोजित एक कार्यक्रममा उक्त कार्यालयका प्रमुख मनोज रानाभाटले समितिका अध्यक्ष कृष्ण तामाङलाई वन व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्दै पर्यटनको विकास, वन संरक्षण तथा हरियाली प्रवद्र्धनका निम्ति वन मन्दिरलाई प्रदान गरिएको बताए ।


















