खानेपानीको मुहानमा ‘कोलीफर्म’ भेटियाे

रासस


बागलुङ। यहाँस्थित ७७ स्थानका खानेपानी मुहानमा दिशामा पाइने कीटाणु (कोलीफर्म) भेटिएको छ। गाउँगाउँमा पुगेर खानेपानीका मुहानबाट नमूना पानी सङ्कलन गरी स्वास्थ्य कार्यालयको ल्यावमा परीक्षण गर्दा कोलिफर्मका कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङ्का प्रमुख प्रवीण शर्माले जानकारी दिए।
टेक्निसियन आचार्यले कोलिफर्म भेट्टिएका मुहानबाट सिधै प्राप्त हुने पानी नपिउन उपभोक्तालाई आग्रह गर्नुभयो । धौलागिरी अस्पताल बागलुङका डा सन्दीप केसी कोलिर्फम भेट्टिएका पानी पिउनाले ज्वरो, झाडापखाला, मलेरिया, टाइफाइट जस्ता रोग लाग्ने बताउँछन्।
बागलुङ्का १० स्थानीय तहमध्ये ताराखोला गाउँपालिकाकामा रहेका पानीको मुहान परीक्षण हुन बाँकी छ, भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा ‘कोलीफर्म’ देखिएको छैन।
सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ । जैमिनी नगरपालिकाको १३८ खानेपानीको मुहान परीक्षण गर्दा २७ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको छ।
चिकित्सकका अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खानु हानिकारक हुन्छ, खानेपानीलाई उमालेर अथवा अन्य विधिको प्रयोग गरेर मात्रै पिउन अनुरोध गरिएको छ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















