समाज

विद्यार्थी संगठन नेपालले विद्यार्थीमाथि हुने अन्याय र विभेदविरुद्ध संघर्ष गर्ने

नवलपुर टुडे
२०८३ असार ५ | बिहान १०:०३ बजे

काठमाडौं । विद्यार्थी संगठन नेपाल केन्द्रीय समितिले कुनै पनि राजनीतिक शक्तिसँग सम्झौता नगरी विद्यार्थी अधिकार, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा निरन्तर संघर्षरत रहने जनाएको छ। संस्थाका अध्यक्ष मुक्ति गैरेद्वारा जारी प्रेस विज्ञप्तिमा संगठन कसैसँग सम्बन्ध नरहेको स्पष्ट पार्दै शैक्षिक अधिकार, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका मुद्दामा आफ्नो आन्दोलन अविचलित रूपमा जारी रहने उल्लेख गरिएको छ।

विज्ञप्तिमा विद्यार्थीमाथि हुने अन्याय र विभेदविरुद्ध संगठनले निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, संगठनका उद्देश्य र सरोकारसँग मेल खाने विषयमा मात्र अन्य पक्षसँग सहकार्य, सहयोग र साथ रहने स्पष्ट गरिएको छ।

WhatsApp Image 2026 06 19 at 09.57.28 1

कमेन्टहरु