समाज

मुगुको ढोटुमा अर्गानिक जुस उद्योग सञ्चालन स्थानीय उत्पादनलाई बजारसम्म जोड्ने प्रयास

तपेन्द्र एडी
२०८३ असार ३ | मध्यान्ह ०६:०३ बजे

मुगु,जिल्ला छायानाथ रारा नगरपालिका वडा नं. ८ ढोटुमा अर्गानिक जुस उद्योग सञ्चालनमा आएको छ। स्थानीय रूपमा उत्पादन हुने लालीगुराँस स्याउ, डल्ले चुक नास्पाती, खुर्पानी लगायत फलफूलको प्रशोधन गरी जुस उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो।
उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानहरू उत्साहित बनेका छन्। यसअघि बजार अभावका कारण खेर जाने फलफूल अब उद्योगमार्फत खरिद हुने अपेक्षा गरिएको छ। उद्योगले स्थानीय युवाहरूलाई रोजगारी सिर्जना गर्नुका साथै किसानलाई उत्पादनको उचित मूल्य दिलाउन मद्दत गर्ने विश्वास गरिएको छ। यस अघि स्वदेश मात्र नभएर विदेशमा पनि पुगिरहेको छ स्थानीय जुस।

जुस उद्योग व्यवस्थापनका अमृत बिक अनुसार मुगुमा उत्पादन हुने अर्गानिक फलफूलबाट गुणस्तरीय जुस उत्पादन गरी जिल्ला तथा बाहिरी बजारमा बिक्री वितरण भइरहेको छ विशेषगरी रारा जाने बाटोको नजिकै भएकोले रारा घुम्न आउने पर्यटकले अत्याधिक मात्रामा रुचाइएका छन्। अर्को एउटा मेन उद्देश्य यो विषयमा स्थानीय सरकारले किन चासो दिँदैन हामीले आफ्नो देशमा केही गर्छु भन्ने युवालाई किन हरेक किसिमको व्यवस्थापनदेखि लिएर तालिम उपलब्ध गराउँदैन गराउँदैन स्थानीय सरकार। यो ठूलो गुनासो छ व्यवस्थापन अमृत बिकको को।

यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै कृषि उत्पादन बढाउन समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले उद्योग सञ्चालनलाई सकारात्मक रूपमा लिँदै उत्पादन वृद्धि र बजार विस्तारका लागि सरकारी निकायबाट आवश्यक सहयोग हुनुपर्ने बताएका छन्।

कमेन्टहरु