समाज

रौतहटमा पत्रकारिता आचारसंहिता सम्बन्धी अभिमुखीकरण सम्पन्न

अशोक यादव
२०८३ असार ३ | मध्यान्ह ०४:०३ बजे

रौतहट, असार ३ (बुधबार) । मिडिया काउन्सिल जनकपुर, मधेश प्रदेशको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” बुधबार रौतहटको चन्द्रनिगाहपुरस्थित गौतम होटलमा सम्पन्न भएको छ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री पटेलले पत्रकारिता पेशालाई थप व्यवस्थित र मर्यादित बनाउन पत्रकार बन्न चाहने व्यक्तिका लागि परीक्षा तथा लाइसेन्सको व्यवस्था गर्न नेपाल सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने सुझाव दिनुभयो।

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता तथा आचारसंहितासम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

WhatsApp Image 2026 06 17 at 16.09.05

कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बान्धना झा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बजारा, लेखा समितिका संयोजक के.सी. लामिछाने लगायत सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको समापनमा सहभागी पत्रकारहरूलाई नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बान्धना झाले प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा स्वच्छ, विश्वसनीय तथा मर्यादित पत्रकारिताको प्रवर्द्धनका लागि आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो।

कमेन्टहरु