छायानाथ रारा नगरभित्र नगर प्रहरीले गरे सरसफाई
तपेन्द्र एडी
२०८३ असार २ | मध्यान्ह ०२:०३ बजे

मुगु । हाम्राे नगर राम्रो नगर अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने भन्ने मुल नाराका साथ मुगु जिल्ला छायानाथ रारा नगरपालिकाका नगर प्रहरीले नगरपालिका भित्र रहेका हरियाली पार्क र स्थानीय भाषामा ससुराली डाँडा भन्ने ठाउँमा नगर प्रहरीको जम्बो टोलीले सरसफाई गरी व्यवस्थापन गरेको छ।
यो मुगु भित्रको उदाहरणीय कामभित्र एउटा हो। अहिलेसम्म सबैलाई हाम्रो ठाउँ हामीले सफा गर्नुपर्छ भन्ने कसैलाई पनि थाहा छैन। यसको ध्यान आकर्षण गराउन नगर प्रहरीले आफूबाट सुरुवात गरेको छ। स्वच्छ वातावरण सुन्दर ठाउँ स्वास्थ्य जीवनका लागि फाइदा र पर्यटक भित्र्याउने मूल नारा पनि हो र यहाँ भन्दा पछि कोही कसैले पनि जथाभावी फोर नफाल्दिनु हुन नगर प्रहरीको अनुरोध रहेका छन्।



















