भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

रासस


बाँके । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन नवजात सघन उपचार कक्ष (एनआइसीयू) विस्तार गरिने भएको छ । हाल अस्पतालमा रहेका आठ एनआइसीयू शय्यालाई बढाएर २० शय्यासम्म पुर्याउने लक्ष्यका साथ आवश्यक उपकरण थप गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा नवीन दर्नालले जानकारी दिए ।
उनका अनुसार, अहिले एनआइसीयू शय्याको अभावका कारण जटिल स्वास्थ्य समस्या भएका नवजात शिशुलाई अन्य अस्पतालमा प्रेषण (रेफर) गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । सेवा विस्तारपछि अस्पतालले आफ्नै स्रोतसाधनमार्फत थप शिशुलाई उपचार सेवा दिन सक्नेछ भने अन्य अस्पतालबाट प्रेषित भई आउने शिशुलाई एनआइसीयू सेवा उपलब्ध गराउन गराई नवजात शिशुहरूको उपचारमा सहजता आउने छ ।
भेरी अस्पतालमा अहिले सामान्य तथा शल्यक्रियामार्फत दैनिक ३० देखि ४० जना सुत्केरी हुने गरेका छन् । यस्तो अवस्थामा नवजात शिशुको उपचार सेवा विस्तारले मातृ तथा शिशु स्वास्थ्य सेवामा थप टेवा पुग्ने विश्वास छ । थप एनआइसीयू सञ्चालनका लागि आवश्यक चिकित्सक तथा स्टाफ नर्सको व्यवस्थापन गरी तयारी अवस्थामा रहेको अस्पताल प्रमुख डा. दर्नालले बताए ।
अस्पताल प्रशासनले विगतमा विभिन्न कारणले बन्द रहेका सेवालाई पुनः पूर्ण रूपमा सञ्चालन गर्ने तथा नयाँ सेवाहरू थप्दै अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ योजनाबद्ध ढङ्गले काम अगाडि बढाएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दर्नालको भनाइ छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















