निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
रास्वपा बाजुराको सभापतिमा पुनः नवराज जैशी सर्वसम्मत चयन

उमेश रोकाया
२०८३ जेष्ठ २५ | मध्यान्ह ०१:०२ बजे

बाजुरा, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराको सभापतिमा पुनः नवराज जैशी सर्वसम्मत चयन भएका छन् ।
आइतबारबाट सुरु भएको प्रथम जिल्ला अधिवेशनबाट जैशी पुनः सभापतिमा चयन भएका हुन् । यस्तै सदरमुकाम मार्तडीमा जारी जिल्ला अधिवेशनको बन्दसत्रबाट सभापति सर्वसम्मत चयन भए पनि अन्य पदाधिकारी भने अझै टुङ्गिएको छैन् ।
एक नेताकाअनुसार सभापतिसँगै अन्य पदमा पनि सर्वसम्मत रुपमा पदाधिकारीहरु चयन गर्ने प्रयास भइरहेको छ ।
























