समाचार

रड प्रहार गरी नेपाली ब्रोले गरे श्रीमतीको हत्या

नवलपुर टुडे
२०८३ जेष्ठ २३ | बिहान ०८:०२ बजे

 काठमाडौँ । “नेपाली ब्रो” नामले चिनेने कुमार थापाले आफ्नो श्रीमतीको हत्या गरेका छन । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको हो । हत्या अभियोगमा पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन ।

उनले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेका हुन । प्रहरीले शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको जनाएको छ ।  हत्या आरोपमा कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु