खच्चामा सुक्खा पहिरोले सडकखण्ड अवरुद्ध

नवलपुर टुडे


सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।
माथिबाट खसेको सुक्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको र सो पहिरो पन्छाउने कार्य हुन नसकेको कारण सडक अवरुद्ध रहेको हो ।
पहरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण अहिले ठूला उपकरणको खोजीकार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।
सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन् । यातायातका साधन खच्चा र सर्केगार्डमा रोकिएका छन् । उक्त स्थानमा पटकपटक सुक्खा पहिरो खस्दै आएको छ ।

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
अरुपनि पढ्नुहोस
सबै
वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश


















