Opens in a new tab

बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ

रासस

29Shares
dida bag ad

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरेको छ ।

दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।उनको चेक अनादर मुद्दामा जम्मा बिगो रकम रु ४० लाख रहेको र निजलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, फिदिम, पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताए ।

अरुपनि पढ्नुहोस

सबै

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

यस्तो छ आजको विनिमयदर

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

बसको ठक्करबाट बालिकाको मृत्यु

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे