एमाले प्रमुख सचेतकमा महर

रासस
२०८३ बैशाख ११ | मध्यान्ह ०६:०१ बजे

काठमाडौँ, वैशाख ११। प्रतिनिधिसभामा नेकपा (एमाले) को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरि महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

















