स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता होः स्वास्थ्यमन्त्री मेहता

नवलपुर टुडे


काठमाडौं,चैत २४। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् ।आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको बताइएकी हुन् ।
नयाँ स्वास्थ्य चुनौतीहरूको समाधानका लागि विभिन्न सरकारी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनले स्पष्ट पारिन्।उनले भनिन्, ‘नयाँ स्वास्थ्य चुनौती समाधानको लागी हामी सबै जनाले सरकारवाल निकायबिच सहकार्य अपरिहार्य छ । यी स्वास्थ्यको अवधारणले महत्वले आत्मसाथ गर्दै सरकाले सन २०१९ राष्टय एक स्वास्थ्य र नीति स्वकृत गरेको छ ।’
नेपाल सरकारले सन् २०१९ मा राष्ट्रिय एक स्वास्थ्य नीति स्वीकृत गरिसकेको उल्लेख गर्दै उनले आगामी दिनमा विशेषगरी नसर्ने रोगहरूको नियन्त्रणका लागि समन्वय र सहकार्य अझ सुदृढ गरिने बताइन् । न्यूज बैंक

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















