Opens in a new tab

सुशासन र पारदर्शितामा सांसदहरूको जोड

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताए ।

सोही दलकी गीता देवकोटाले किसानमैत्री नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् भने सांसद चन्द्रबहादुर केसीले देशको ‘आर्थिक विकास’ वर्तमान सरकारको मूलमन्त्र हुनुपर्छ भने ।

बैठकको शून्य समयमा पश्चिम एसियामा जारी द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको तथा यसबाट सीमान्तकृत वर्ग समस्यामा परेको विषयलाई सभाका सदस्यहरूले प्राथमिकताका साथ उठाए ।सांसद उदयबहादुर बोहोराले पश्चिम एसियाली देशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गरे ।

सांसदहरू जयन्तीदेवी राई, मोहम्मद खालिद, राजेन्द्रलक्ष्मी गैरे र सोनामगेल्जेन शेर्पाले पश्चिम एसियामा जारी द्वन्द्व तथा त्यसबाट नेपालसहित विश्वभर परेको प्रभाव एवं समसामयिक विषयमा सदन एवं सरकारको ध्यानाकर्षण गराए ।

सांसद भुवनबहादुर सुनारले सुर्खेतकी इनिशा विक प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए । सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन नहुने धारणा व्यक्त गरे ।शून्य समयमा सांसदहरू मदनकुमारी शाह र नारायणदत्त मिश्रले पनि समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराए ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

किवीले दिएको सफलताको स्वाद

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे