हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

रासस


मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएपछि उत्पादन रोकिएकोमा सो उपकरणको मर्मत गरी आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योग व्यवस्थापनले जनाएको छ ।उद्योग व्यवस्थापनले गत चैत १४ गते करिब सात महिनापछि सिमेन्ट उत्पादन सुरु गरेको थियो । त्यसको भोलिपल्ट चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी (कोलमिल) को केही उपकरण बिग्रिएपछि भट्टी बन्द गर्नुपरेको थियो ।
उद्योगको कोलमिलमा गएराति कोइला ढुवानी गरी आगो बालिएको थियो । सिमेन्टको धुलो उत्पादन गर्ने क्लिङ्कर उत्पादन कार्य आजदेखि सुरु गरिएको जनाइएको छ ।
उद्योगमा सिमेन्ट उत्पादन नियमित गर्न आगामी दुई महिनासम्म पुग्ने कोइला जगेडामा राखिएको छ । बाँकी आवश्यक कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको हेटौँडा सिमेन्ट उद्योग प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आवश्यक कच्चा पदार्थ कोइला खरिद गर्न आर्थिक अभावका कारण पटक–पटक उत्पादनमा अवरोध आएको हो । उद्योगको साविक उत्पादन क्षमता दैनिक १८ हजार बोरा रहेको भए पनि उपकरण जीर्ण हुँदा हाल दैनिक ११ हजार बोरा मात्रै उत्पादन भइरहेको उनले बताए ।
विसं २०३३ मा हेटौँडाको लामसुरेमा तत्कालीन श्री ५ को सरकारले हेटौँडा सिमेन्ट उद्योग स्थापना गरेको थियो । विसं २०४३ मङ्सिर २६ गते तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले उक्त उद्योगबाट उत्पादित सिमेन्टको व्यावसायिक शुभारम्भ गरेका थिए ।
तत्कालीन सरकारले उद्योग निर्माणमा करिब एक अर्ब ५० करोड रुपैयाँ लागत लगाएको थियो । उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, नेपालगञ्ज, पोखरा, हेटौँडा, वीरगन्जलगायत सहरमा बिक्रीवितरण हुँदै आएको छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















