सुस्ताबासीको समस्या बुझ्न सांसद खनाल सुस्तामा

नवलपुर टुडे


नवलपरासी, चैत १६ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बिक्रम खनाल सुस्ताबासीको समस्या बुझ्न सुस्ता पुगेर सुस्ताबासीले भोग्दै आएका विविध समस्याहरूका बारेमा स्थलगत जानकारी लिनुभएको छ। सुस्ता, सोही निर्वाचन क्षेत्रमा अन्तर्गत पर्दछ ।
सांसद खनालले सुस्ताबासीसँग विद्यमान समस्याहरूका बारेमा विस्तृत छलफल गर्नुभयो। स्थानीयले मुख्यगरी नारायणी नदीको कटान र बर्सेनि हुने डुबानको स्थायी समाधान, सुस्ताबासीले वर्षौँदेखि उठाउँदै आएको लालपुर्जा र नागरिकता सम्बन्धी कानुनी जटिलता र शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रमा रहेका आधारभूत समस्याका विषयमा सांसद खनालको ध्यानाकर्षण गराएका छन् ।
सांसद खनालले सुस्ताबासीका ती समस्या समाधानका लागि आफूले सदन र सरकार दुवै तहमा बलियो आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुस्ताको भूमि जोगाउन भइरहेको तटबन्धन निर्माण कार्यको समेत उहाँले अनुगमन गर्नुभयो। तटबन्धन निर्माणमा देखिएको नदीजन्य पदार्थको अभाव र अन्य प्राविधिक अड्चन सुल्झाउन उहाँले सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय र वडा अध्यक्ष प्रभुनाथ यादवसँग समन्वय गरी कामलाई तीव्रता दिन आग्रह गर्नुभयो।
उहाँले सुस्ताको माटो र नागरिकको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै भन्नुभयो, “म यहाँका समस्या बुझ्न आएको हुँ, अब यी समस्याको समाधानका लागि कुनै कसर बाँकी राख्ने छैन।”
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनामार्फत निर्माणको जिम्मेवारी पाएका केडि कन्ट्रक्सन र कन्ट्याक्ट नेपाललाई उहाँले ढिलासुस्ती नगर्न र गुणस्तरीय काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।


सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

















