निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल


काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन् ।
उनले भने, “निर्वाचन ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौँ, यो पटकको निर्वाचनमा रक्तपात भएन । पुनः निर्वाचन गर्नुपरेन । सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ । आगामी दिनमा सलाई कायम राख्न जरुरी छ ।”
मन्त्री अर्यालले उत्साहवर्द्धक रुपमा निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरु, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरुले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताए ।
“निर्वाचनमा खटिएका अधिकारीहरुको सिर्जनशिलता र क्षमता प्रशंसनीय छ”, मन्त्री अर्यालले भने, “विगतका कतिपय घट्नाहरु नेतृत्वले घट्नाबारे नबुझिकन निर्देशन दिए होलान । कसैका भनाइलाई स्क्रिनिङ नै नगरी, कुरा नबुझिकन निर्देशन भए होलान । तर यस पटक राम्रोसँग स्क्रिनिङ गरेर, निर्णय पुग्नुभन्दा अगाडि धेरै विचार गरेका छौँ, समन्वय गरेका छौँ । आइसकेका समन्वयात्मक निर्णयलाई हेरेर काम गरेका छौँ, यसमा सबै तहका सुरक्षा निकायहरुको भूमिका उल्लेखनीय छ ।”
रक्षा मन्त्रालयका सचिव अर्यालले निर्वाचनका दौरानमा बलियो समन्वय र सहकार्यले सफलता हात परेको उल्लेख गरे । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कामय गर्नमा सकारात्मक परिणाम हासिल भएको उल्लेख गरे ।























