आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

नवलपुर टुडे


काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

छठअघि सिर्सिया नदी सफाइ अभियान
अरुपनि पढ्नुहोस
सबै
धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
















