राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

नवलपुर टुडे


काठमाडौँ, फागुन २५ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुँदै छ । निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाले सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम हुने जानकारी दिनुभयो । उहाँले गएको माघ ११ गते निर्वाचित राष्ट्रिय सभाका १८ जना सदस्यलाई शपथ समारोहमा उपस्थित हुन सचिवालयले आग्रह गरेको बताउनुभयो । शपथका लागि नवनिर्वाचित सदस्यले निर्वाचित भएको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक/एक प्रतिसहित उपस्थित हुनुपर्ने छ । शपथग्रहणपछि सभाका अध्यक्ष दाहालले धारणा राख्नुहुने छ ।
सचिवालयले बिदाइ भएर जाने २० जना सदस्यको बिदाइ कार्यक्रमसमेत सोमबार नै राखेको छ । सचिवालयका अनुसार बिदाइ भएर जाने सदस्यको बिदाइ कार्यक्रम अपराह्न ४ बजे बानेश्वरस्थित एक होटेलमा राखिएको छ । सोही कार्यक्रममा नवनिर्वाचित सदस्यलाई ‘लोगो’ दिने र कार्यकाल सकिएका सदस्यलाई मायाको चिनो प्रदान गरिने छ ।

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै
नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
















