कैलाली निर्वाचन क्षेत्र ५ मा रास्वपाका चन्द विजयी

नवलपुर टुडे


चौमाला (कैलाली), फागुन २३ गते। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतसहित विजयी हुनुभएको छ ।
१ लाख १० हजार ५३९ मतदाता रहेको कैलालीमा ६५ हजार ९६३ मत खसेको थियो। चन्दले प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै जित हात पार्नुभएको हो । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ११ हजार ९५८, नेकपाका प्रेमबहादुर आले ७ हजार ८ सय ७६ मत प्राप्त गर्नुभयो । यस्तै, एमालेका यज्ञराज ढुङ्गाना ५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभयो । विजयीपछि चन्दले सबैको जित भएको बताउनुभयो।

सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
अरुपनि पढ्नुहोस
सबै
वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश


















