समाचार

काभ्रेपलान्चोक–२ मा रास्वपाका भण्डारी फराकिलो मतान्तरले विजयी

नवलपुर टुडे
२०८२ फाल्गुन २३ | मध्यान्ह ०४:११ बजे

बनेपा, फागुन २३ गते । काभ्रेपलान्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी फराकिलो मतले विजयी हुनुभएको छ ।

रास्वपाका उम्मेदवार भण्डारीले नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तरले पराजित गर्नुभएको हो ।

क्षेत्र नम्बर–२ को अन्तिम मत परिणाम अनुसार रास्वपाका भण्डारीले ५३ हजार ३४४ मत, नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत, नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्यान्जु श्रेष्ठले १३ हजार ९४० मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बसुन्धरा हुमागाँले  आठ हजार १०७ मत प्राप्त गर्नु भएको छ । 

यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैजुले तीन हजार ७४९मत र राप्रपाका रन्जिव श्रेष्ठले एक हजार १२५ मत प्राप्त गर्नु भएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा ५६ दशमलव ५७ प्रतिशत अर्थात् कुल ९१ हजार १२८ मत र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ६४ दशमलव १७ प्रतिशत अर्थात् एक लाख छ हजार २१३ मत गरी जिल्लामा कुल ६० दशमलव ४२ प्रतिशत अर्थात् एक लाख ९७ हजार ३४१ मत खसेको थियो । 

क्षेत्र नम्बर२ मा १६ राजनीति दल र आठ स्वतन्त्र गरि २४ जनाले उम्मेदवारी दिनुभएको थियो ।

कमेन्टहरु