थारु संग्रहालय बनाउने घोषणा, बारा–१ मा विजय यादवको जनसम्पर्क तीव्र

नवलपुर टुडे

सारांश
बारा, फाल्गुन ३ । “अबकी बार जनता सरकार” नारासहित आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले थारु समुदायको भाषा, संस्कृति, परम्परा तथा ऐतिहासिक धरोहर संरक्षणका लागि थारु संग्रहालय स्थापना गर्ने प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र पारेका छन्।
कोल्हवी नगरपालिका वडा नं. ५ बलुवा टोल तथा वडा नं. ६ प्रसौनामा आयोजित मतदाता भेटघाट तथा जनसम्पर्क कार्यक्रमका क्रममा यादवले थारु समुदाय नेपालको आदिवासी सभ्यता र संस्कृतिको महत्वपूर्ण अंश भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनलाई राज्यको प्राथमिकतामा राख्ने बताएका छन्।
“थारु समुदायको मौलिक पहिचान, संस्कार, कला, वेशभूषा र जीवनशैली भावी पुस्तासम्म सुरक्षित राख्न थारु संग्रहालय स्थापना अनिवार्य छ। यसका लागि संघीय सरकारबाट आवश्यक बजेट तथा नीति सुनिश्चित गरिनेछ,” यादवले भने।
उनले संग्रहालय स्थापनासँगै थारु सांस्कृतिक पर्यटन प्रवर्द्धन, स्थानीय हस्तकला तथा परम्परागत सीपमा आधारित उद्यम विकास, साथै युवाहरूका लागि रोजगारी सिर्जना गर्ने योजनासमेत सार्वजनिक गरेका छन्।
स्थानीय थारु समुदायका अगुवा तथा नागरिकहरूले थारु संग्रहालय स्थापना भएमा क्षेत्रीय पर्यटन विकास हुने, स्थानीय पहिचान मजबुत हुने र आर्थिक गतिविधि वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग
अरुपनि पढ्नुहोस
सबै
महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु




