सलमान खानले तिरिदिएका हुन् राजपालको ऋण ?

एजेन्सी

सारांश
काठमाडौँ । यतिबेला बलिउड अभिनेता राजपाल यादव जेलमा छन् । उनी चेक बाउन्स मामिलामा जेलमा पुगेका हुन् । यस्तोमा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । जसमा उनी जमानतमा रिहा भएको दाबी गरिएको छ । भाइरल भिडियोमा राजपाल यादवले सलमान खानको प्रशंसा गरिरहेका छन् ।
भाइरल भिडियोमा राजपाल यादवलाई मिडियासँग कुरा गरिरहेको देख्न सकिन्छ । जमानत पाएकोबारे के भन्न चाहनुहुन्छ भनेर सोध्दा उनले जवाफमा ‘सलमान भाइ’ ठूलो दाजु जस्तै छन् ।
उनीसँग उनको घरमा बस्दा निकै खुसी छु । उद्योगमा सलमान खान जस्ता धेरै कम मानिसहरू छन् । उनी सधैँ मान्छेलाई मद्दत गर्छन् । मैले सलमानसँग १०–१२ वटा फिल्म गरेको छु । अहिले त म सहज महसुस गरिरहेको छु ।’
सलमान खानबारे यादवको प्रतिक्रियाको यो भिडियो पुरानो हो । यादवले चेक बाउन्स मुद्दाको सम्बन्धमा २०२६ को फेब्रुअरी ५ मा तिहाड जेलमा आत्मसमर्पण गरेका थिए । त्यसबेलादेखि उनी जेलमा छन् । उनको जमानतसम्बन्धी याचिकाको सुनुवाइ फेब्रुअरी १२ मा दिल्ली उच्च अदालतमा भएको थियो । बहस सुनेपछि अदालतले फेब्रुअरी १६ सम्मको लागि सुनुवाइ स्थगित गरेको छ । अर्काे सुनुवाइ फेब्रुअरी १६ मा हुँदैछ ।
के हो मामिला ?
सन् २०१२ मा राजपाल यादवले ‘अता पता लापता’ नाम गरेको फिल्म निर्देशन गरेका थिए । उनकी श्रीमती यस फिल्मकी निर्माता थिइन् । राजपाल यादवले यो फिल्म बनाउन ५ करोड भारु ऋण लिएका थिए । यो ऋण बढेर अहिले ९ करोड भारु पुगेको छ । फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । फलस्वरूप, राजपाल यादवले ठूलो घाटा बेहोर्नु पर्याे ।
उनले ऋण पनि तिर्न सकेनन् । अदालतले उनलाई धेरै अवसर दियो । तर बारम्बार उनी ऋण चुक्ता गर्न चुकिरहे । यसपछि अदालतले उनलाई तिहाड जेलमा आत्मसमर्पण गर्न आदेश दियो । अदालतको आदेशको पालना गर्दै राजपाल यादवले फेब्रुअरी ५ मा तिहार जेलमा आत्मसमर्पण गरे।

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
अरुपनि पढ्नुहोस
सबै
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग




