Opens in a new tab

इरानलाई परमाणु हतियार राख्न कहिल्यै अनुमति दिइने छैनः मार्को रुबियो

एजेन्सी

29Shares

सारांश

अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले इरानलाई ‘कहिल्यै पनि परमाणु हतियार राख्न अनुमति नदिइने’ स्पष्ट पारेका छन्। जर्मनीको म्युनिखमा ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले भने, इरान अमेरिका, युरोप, मध्य–पूर्व क्षेत्र तथा विश्व शान्तिका लागि खतरा भएकाले उसलाई परमाणु हतियार राख्न दिन सकिँदैन। रुबियो म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुन जर्मनी पुगेका हुन्।

रुबियोले अमेरिका मध्य–पूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहेको पनि बताए। उनका अनुसार इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउने इच्छा देखाएको छ र त्यस्तो क्षमता पनि राख्छ।उनले मध्य–पूर्वमा अमेरिकाका सहयोगी राष्ट्रहरू रहेको र त्यहाँ अमेरिकी सैन्य अड्डाहरू समेत भएकाले सुरक्षा सन्तुलन आवश्यक रहेको उल्लेख गरे।

रुबियोले भने, ‘इरानको कुनै पनि गल्तीले ठूलो द्वन्द्व ननिम्तियोस् भन्ने उद्देश्यले अमेरिका यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहन्छ।’उनले राष्ट्रपति ट्रम्पले इरानसँग समझदारी कायम गर्नु प्राथमिकता भएको स्पष्ट पारेको बताए। ‘यो निकै कठिन प्रक्रिया हो, तर अमेरिका प्रयास जारी राख्नेछ,’रुबियोले भने।