प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

नवलपुर टुडे

सारांश
रुकुम पूर्व, फागुन २ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन्। प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा आज विहान माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गरेका हुन्।
२०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँग सहकार्यको बाटो खोलेको थियो। माओवादीको ९५ सदस्यीय केन्द्रीय समितिलाई ३५ जनामा झारेको थियो। त्यो बैठकलाई ऐतिहासिक मानिन्छ।
संयोजक प्रचण्डले चुनबाङ बैठक स्थल, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश दाहाल र अन्य नेताहरू बसेको घर र कोठाको अवलोकन गरे। आफ्ना पत्नी र छोराका बारेमा राखिएका जिज्ञासामा भावुक हुनुभुएका प्रचण्डले नेपाली क्रान्तिमा उहाँहरूको योगदान रहेको संक्षिप्त प्रतिक्रिया दिए।
मतदाता भेटघाट र बैठक स्थलको भ्रमणको क्रममा चुनबाङ बैठकले जनयुद्धलाई लोकतान्त्रिक गणतन्त्रमार्फत शान्तितर्फ डोर्याएको बताए। उनले रुकुम क्रान्तिको सुरुआत र गणतन्त्रमार्फत शान्ति स्थापना गर्ने जिल्ला रहेको बताए। प्रचण्डले आजै चुनबाङको गैरीगाउँमा मतदाता भेटघाट गर्नुहुनेछ। आजै उनले पुथा उत्तर गाउँपालिकाको तकसेरा पुगेर मतदातासँग भेट गर्नेछन्।
प्रचण्ड मतदाता भेटघाटका लागि तीनदिनदेखि रूकुम पूर्वमा छन् । रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र पहाडी जिल्ला हो।

चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई
अरुपनि पढ्नुहोस
सबै
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य
















