स्वामिकार्तिक नि. प्रमुख प्रशासकीय अधिकृतमा जाेशी

उमेश रोकाया


बाजुरा, माघ ७ । बाजुरा जिल्लाकाे स्वामिकार्तिक खापर गाउँपालिकाकाे निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा दयाराम जाेशी नियुक्त भएका छन् । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव बहादुर चाैधरीकाे सुरुवा भए पश्चात् जाेशीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा जिम्मेवारी सुम्पेर नियुक्त गरिएको हाे ।
पालिकामा शिक्षा शाखा प्रमुखकाे रुपमा कार्यरत रहेका जाेशीलाई पालिकाकाे प्रशाशकीय अधिकृतकाे रुपमा नियुक्ति गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले बताए ।
जाेशीलाई आज एक कार्यक्रमका बिच निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा भव्य स्वागत संगै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हाे । पदभार ग्रहण गर्दै जाेशीले सिंगाे पालिकाकाे प्रशासनिक सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।
साथै उनले आफू सक्षम तरिकाले पालिकाकाे जिम्मेवारी वहन गर्ने बताउँदै पालिकाकाे विकास समृद्धिमा कुनै कदम पछि नहट्ने र पालिकाकाे प्रशासनिक कामलाई थप चुस्तदुरुस्त बनाउने बताए ।

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर
अरुपनि पढ्नुहोस
सबै
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न
















