प्रतिनिधिसभा सदस्यका लागि काङ्ग्रेस बाजुराबाट जनक गिरी चुनाव लड्ने

उमेश रोकाया


बाजुरा , माघ ५ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा जनक गिरीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले सोमवार बाजुराबाट चुनाव लड्न नेता गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
गिरी कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा समूहबाट केन्द्रीय सदस्य समेत हुन् । यसअघि कांग्रेस जिल्ला कार्य समितिले गिरीसहित पार्टी सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डित लगायत ६ जना उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको थियो ।
अहिले पार्टी सभापतिमा गगन थापा निर्वाचित भएसँगै गिरीले बाजुराबाट चुनाव लड्न सहज रुपमा टिकट पाएको जनाएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका बासिन्दा रहेका नेता गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्री समेत हुन् ।

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
अरुपनि पढ्नुहोस
सबै
बुद्ध एयरको उडान ढिलाइ हुँदा यात्रुहरू घण्टौँदेखि अलपत्र

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा
















