जेनजी र सरकारबीच १० बुँदे सहमति

नवलपुर टुडे


काठमाडौं । शासकीय अव्यवस्थाविरुद्ध गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरूलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । जेन–जी आन्दोलनले तत्कालीन राजनीतिक दलहरूलाई सत्ताबाट हटाएको थियो । त्यही समयमा नै जेन–जीको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनेको हो । जेन–जीहरूले आन्दोलनअघि कुनै संगठित माग नराखेकाले आन्दोलनमा उठेका विषयहरू त्यत्तिकै बिलाउने जोखिम बढेको थियो ।
त्यसैले जेन–जीका केही समूहले आफ्ना मागहरूलाई राज्यसमक्ष संस्थागत रूपमा दर्ता गराउन चाहेका थिए । तर, के–के विषय दस्तावेजीकरण गर्ने भन्नेमा लामो समय रस्साकस्सी चल्यो । दुवै पक्षबीच बुधबार सिंहदरबारमा आन्दोलन संस्थागत गर्ने विषयलाई लिएर सम्झौता भएको हो । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बने पनि तीन महिनापछि आएरमात्र औपचारिक सम्झौता भएको हो । आन्दोलनको अपराधीकरण बढ्दै गएको जेन–जीको गुनासो र निरन्तरको दबाबपछि दुई पक्ष औपचारिक सम्झौता गर्ने अवस्थामा पुगेका हुन् ।
यदि, सम्झौता नभए र सरकारले थप ढिलासुस्ती गरे फेरि सडकमा जाने चेतावनी पनि जेन–जीले दिएका थिए । उनीहरूले दबाबमात्र दिएनन्, आफ्ना तर्फबाट सम्झौताको मस्यौदा सरकारलाई बुझाए । सोही मस्यौदामा सरकार र जेन–जी आन्दोलनकारीबीच पटकपटक छलफल भएर दश बुँदे निचोड निकालिएको हो ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















