जुम्लामा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुँदै


जुम्लाको आठमध्ये ६ वटा स्थानीय तहमा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको चन्दननाथ नगरपालिकासहित पातारासी, तीला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा सात वर्षसम्म कृषि क्षेत्रमा काम गर्नेगरी सो कार्यक्रम सञ्चालन हुन लागेको कार्यालय प्रमुख सन्तोष भारतीले जानकारी दिए ।उनका अनुसार विशेष परियोजनाका रुपमा सञ्चालन हुने सो कार्यक्रमबाट स्थानीय किसानदेखि कृषि उद्यमी र आमउपभोक्ता लाभान्वित हुनेछन् ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जुम्लाको खाद्यबाली, दलहन, तरकारी,फलफूल, पशुपालन, दुग्धजन्य पदार्थको विकास एवं विस्तारका क्षेत्रमा सहयोग र सहकार्यको अवधारणाबमोजिम किसान तथा कृषि उद्यमी र आमउपभोक्तालाई लाभान्वित तुल्याउँदै जुम्ली जनताको जीवनस्तर सुधारका पक्षमा परियोजना सञ्चालन गरी काम गर्न लागेको स्पष्ट पारेको छ ।


















