सफल भयो स्पेशएक्सको विशाल स्टारशिप रकेटको ११औँ परीक्षण

एजेन्सी


वासिङ्टन डीसी । विश्वका सबैभन्दा धनी व्यापारी एलोन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको ११ औँ परीक्षण सफल भएको हो । प्रक्षेपण अक्टोबर १४ को बिहान ५ः०० बजे टेक्सासबाट भएको थियो । यानको हिन्द महासागरमा अवतरण गरिएको थियो ।
यो यानको ११ औँ परीक्षण थियो । उडानको क्रममा स्टारशिप रकेटले सफलतापूर्वक विश्वको आधा परिक्रमा गर्याे । सुपर हेभी बूस्टर मेक्सिकोको खाडीमा पानीमा अवतरित भयो भने स्टारशिप हिन्द महासागरको पानीमा अवतरण भयो । परीक्षण १ घण्टा ६ मिनेटसम्म चलेको थियो । स्टारशिपलाई भविष्यमा रकेट प्रक्षेपणहरूको परीक्षण गर्ने उद्देश्यले गरिएको थियो । स्टारशिप ४०३ फिट अग्लो छ । स्पेसएक्सका संस्थापक र सीईओ एलोन मस्कको मंगल ग्रहमा मानिसहरू पठाउन यो यान प्रयोग गर्ने योजना बनाएका छन् ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















