अनलाइनमा किन किनबेच भइरहेका छन् हातका नङका टुक्रा ?

एजेन्सी


बेइजिङ । हामीले हातखुट्टाबाट काटिएका नङका टुक्राहरू फ्याकिदिन्छौँ । तर चीनमा भने हातका नङका टुक्राटाक्रीहरू अनलाइनमा किनबेच भइरहेका छन् ।त्यहाँ यसलाई परम्परागत औषधि बनाउने सामग्रीको रूपमा किनबेच गरिन्छ । चिनियाँ परम्परागत औषधि अनुसार यसलाई बच्चाहरूमा पेटको फोहोर र टन्सिलाइटिस जस्ता समस्याको उपचार गर्न प्रयोग गरिने धुलो बनाउन प्रयोग गरिन्छ ।
परम्परागत चिनियाँ औषधि उत्पादन गर्ने कम्पनीहरूले स्कुल र गाउँहरूबाट नङ्गका टुक्राटाक्री किन्ने गरेका छन् । यसलाई राम्ररी धोएर सुकाइन्छ अनि पिसेर मसिनो धुलो बनाइन्छ, जुन विभिन्न औषधीय उत्पादनहरूमा मिसाइन्छ । मानव वयस्कहरूले प्रति वर्ष औसतमा लगभग १०० ग्रामसम्म नङ बढाउँछन् । माग धान्न पर्याप्त मात्रामा नङ सङ्कलन गर्नु गाह्रो काम हो । त्यसैले यसको मूल्य पनि निकै धेरै छ ।

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना अझ बलियो : सैन्य प्रवक्ता

कात्तिक २४ र २५ गते उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
अरुपनि पढ्नुहोस
सबै
जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजन

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा
















