चीनद्वारा ‘ फेंग्युन–३–०८’ भू–उपग्रह सफल प्रक्षेपण

एजेन्सी


च्युच्वान । चीनले शनिबार बिहान आफ्नो नयाँ भू–उपग्रह ‘ फेंग्युन–३–०८’ अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो प्रक्षेपण उत्तरपश्चिम चीनस्थित च्युच्वान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ३ः२८ बजे (बेइजिङ समय अनुसार) सम्पन्न भएको हो ।‘फेंग्युन–३–०८’ उपग्रहको मुख्य उद्देश्य मौसम पूर्वानुमान, वातावरणीय अध्ययन, वायुमण्डलीय रसायन विश्लेषण र जलवायु परिवर्तनको निगरानी गर्नु रहेको छ ।
उपग्रहलाई ‘लङ्ग मार्च–४सी’ नामक प्रक्षेपण यानमार्फत अन्तरिक्षमा पठाइएको हो र यसले निर्धारित कक्षमा सफलतापूर्वक स्थान लिएको चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले जानकारी दिएको छ ।यो भू–उपग्रहमा नौवटा टाढाबाट अवलोकन गर्ने यन्त्रहरू जडान गरिएका छन्, जसमा क्यामेरा र सूक्ष्मतरङ्ग चित्रग्राहक (इमेजर) छन् ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















