फिलिपिन्स नजिक आयो शक्तिशाली ताइफु

एजेन्सी


मनिला । रागासा नाम गरेको सुपर ताइफु फिलिपिन्सको नजिक आइपुगेको छ । क्षेत्रीय अधिकारीहरूले यसलाई विनाशकारी हुनसक्ने भनेका छन् । रागसा ताइफु प्रतिघण्टा २३० किमीका दरले अगाडि बढिरहेको छ ।
त्यसलगत्तै अधिकारीहरूले बाढी र पहिरो जानसक्ने चेतावनी दिएका छन् । ताइफुका कारण पहिरो जान सक्ने भविष्यवाणी गरिएको सुदूरको बातानेज टापुमा करिब २० हजार मानिस बस्छन् । यीमध्ये अधिकांश गरिबीमा बाँचिरहेका छन् ।यो टापु ताइवानबाट ७४० किम पर छ । रागासा ताइफुले ताइवानलाई सिधै प्रभावित नपारेपछि त्यहाँको पूर्वी टापुमा भारी वर्षा गराउन सक्ने बताइएको छ । सुपर ताइफु पाँचौँ श्रेणीको समुद्री आँधी बराबर हुन्छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















