एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम आयात

नवलपुर टुडे


भद्रपुर । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ ।
आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए । पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व संकलन भएको छ ।
उक्त अवधिमा ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।
त्यसैगरी २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?


दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत
अरुपनि पढ्नुहोस
सबै
संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान
















