दिव्य पशुपतिनाथ सफाइमा प्रहरी वरिष्ठ अधिकारीसहित सयौँ सहभागी


काठमाडौँ, भदौ ७ । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ ।
“मानिसको सुरु रअन्त्य धार्मिक कर्मबाटै हुन्छ । पशुपतिनाथ विश्वका रहेक हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो । त्यसबाहेक यहाँ आउने हरेक स्वदेशी र विदेशी पर्यटकका लागि पशुपति धार्मिक पर्यटन गन्तव्य पनि हो”, अधिकारीले भन्नुभयो, “त्यसैकारण यस क्षेत्रको सरसफाइले हाम्रो पहिचान पनि झल्काउँछ । हाम्रो जीवनको अन्तिम गन्तव्यका रुपमा रहेको यस ठाउँलाई जीवन्त बनाउनु सबैको कर्तब्य हो । आज हामी पनि यसमा सरिक भएका छौँ । स्वच्छता अभियानमा सहभागी हुन अरुलाई पनि आग्रह गर्दछौँ ।”
कार्यक्रममा नेपाल प्रहरी, क्रिएसन नेपाल, फाउण्डेसनका स्वयम्सेवकलगायतको सहभागिता थियो । त्यस क्रममा ८९० किलोग्रामभन्दा बढी फोहोर सङकलन भएको अध्यक्ष खनालले बताउनुभयो ।























