सबै बन्धकलाई रिहा गर्नुपर्ने इजरायलको माग

एजेन्सी


तेल अभिभ । इजरायलले गाजामा बन्धक बनाएर राखिएका सबै ५० बन्धकहरूको रिहाइको माग गरिरहेको एक इजरायली अधिकारीले भनेका छन् ।
यसले हमासले सोमबार सहमति जनाएको नयाँ ६० दिने युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गर्ला त भन्नेमा शङ्का उत्पन्न गरेको छ ।
कतार र इजिप्टले प्रस्तुत गरेको प्रस्तावमा लगभग आधा बन्धकहरूको रिहाइ हुने कुरा छ । कतारका अनुसार यो प्रस्ताव इजरायलले पहिले स्वीकार गरेको अमेरिकी प्रस्तावसँग मिल्दो थियो ।
इजरायलले यो प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन । तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले बीबीसीसँगको कुराकानीमा इजरायलले आंशिक सम्झौतामा रुचि राख्दैन भनेर भनेका थिए ।
‘अब स्थिति फेरिएको छ, प्रधानमन्त्रीले गाजाको भविष्यको लागि योजना बनाएका छन्,’ मेन्सरले भने । प्रस्ताव अन्तर्गत, १० जीवित र १८ मृत बन्धकहरूलाई पहिले हस्तान्तरण गरिने अनि त्यसपछि दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताका लागि वार्ता प्यालेस्टिनी स्रोतहरूले भनेका छन् । २२ महिनाको युद्ध पछि ५० बन्धकहरू मध्ये २० मात्र जीवित रहेको हुन सक्ने इजरायलको विश्वास छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















