कुवेतमा १६ जना नेपालीसहित २३ जनाको ज्यान लिने विषाक्त मदिरा कस्तो हो ?

पत्रपत्रिकाबाट


काठमाडौं । कुवेत प्रहरीले स्थानीयरूपमा उत्पादित विषाक्त मदिरा उत्पादन तथा वितरण गरेको आरोपमा ६७ जनालाई पक्राउ गरेको छ । विषाक्त मदिराको सेवनबाट २३ जनाको मृत्यु भएको छ । जसमा १६ जना नेपाली पनि छन् ।
कुवेतको गृह मन्त्रालयका अनुसार, विषाक्त मदिरा उत्पादन तथा बिक्रीमा एक बंगलादेशी नागरिकले नेतृत्व गरेका थिए ।
आवासीय र औद्योगिक क्षेत्रमा रहेका ६ वटा कारखाना र अन्य चारवटा सञ्चालनमा नआएका कारखाना पनि नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ ।
कसरी बनाइयो विषाक्त रक्सी ?
कुवेतमा मदिराको आयात वा स्थानीय उत्पादनमा प्रतिबन्ध छ । तर, अवैधरूपमा गोप्य स्थानमा उत्पादन गरिन्छ । यस्ता स्थानमा कुनै निरीक्षण वा सुरक्षा मापदण्ड हुँदैन ।
आपराधिक समूहमा संलग्न एक नेपालीले प्रहरीलाई मिथानोल कसरी तयार र बिक्री गरिन्छ भनेर जानकारी दिएका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार, मिथानोल विषाक्तताका कारण १६० जना बिरामी भएकामध्ये २३ जनाको मृत्यु भएको छ । यीमध्ये अधिकांश एसियाली नागरिक छन् । कम्तीमा ५१ जनालाई तत्काल मिर्गौला डायलिसिसको आवश्यकता परेको थियो । अन्य ३१ जनालाई मेकानिकल भेन्टिलेसनको आवश्यकता परेको मन्त्रालयले जनाएको छ ।
कुवेतमा सबैभन्दा ठूलो आप्रवासी समुदाय रहेको भारतको दूतावासले पछिल्ला केही दिनमा करिब ४० भारतीय नागरिक अस्पताल भर्ना भएको जनाएको छ । यद्यपि कारण खुलाइएको छैन । दूतावासले एक्समा जारी विज्ञप्तिमा भनेको छ, “केहीको मृत्यु भएको छ, केहीको अवस्था गम्भीर छ भने अन्य बिरामीहरू निको हुँदै छन् ।”
कुवेतमा विषाक्त मदिरा प्रकरण– दुई नेपालीसहित ६७ जना पक्राउ
मिथानोल एक विषालु, रंगहीन र गन्धरहित रक्सी हो । जुन औद्योगिक र घरायसी उत्पादनमा प्रयोग हुन्छ । यसलाई पत्ता लगाउन कठिन हुन्छ । यसको सेवनपछि लक्षणहरू सामान्यतया ढिलो देखिन्छन् । जसमा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, अत्यधिक सास फेर्ने र श्वासप्रश्वासमा समस्या हुन्छ ।
डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)का अनुसार, हरेक वर्ष हजारौँ मानिसहरू, विशेषगरी एसियामा, मिथानोल विषाक्तताबाट प्रभावित हुन्छन् । उपचार नभएमा मृत्युदर सामान्यतया २० देखि ४० प्रतिशत हुने बताइन्छ । अल्जजिराबाट ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















