Opens in a new tab

अर्थ, कोशी प्रदेश

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट(पूर्णपाठ)

नवलपुर टुडे
२०८२ असार १ | मध्यान्ह ०७:०३ बजे

विराटनगर । कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोडको बजेट विनियोजन गरेको छ। चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत रहेको छ भनेँ पूजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत बजेट विनियोजन गरेको हो।

वित्तीय व्यवस्थापनको लागि १० करोड अर्थात् ०.३ प्रतिशत रहेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिए। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको उनले जानकारी दिए। कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ। आगामी आर्थिक बर्षकोलागि अनुमानित खर्च बेहोर्ने स्रोतमा प्रदेश सरकारको आन्तरिक राजस्व ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५८ करोड ३४ लाख, सशर्त अनुदान ४ अर्ब ५७ करोड १० लाख रहने भनिएको छ।

त्यस्तै समपूरक अनुदानबाट २९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड २० लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणमा करिब ३२ अर्ब ७४ करोड ९९ लाखको अनुमान प्रस्तुत भएको छ । रोयल्टीबाट प्राप्त हुने अनुदान ३५ करोड ६ लाख खर्च बेहोरिने र बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोड बेहोरिने मन्त्री मगरले जानकारी दिए । सडक पूर्वाधारका लागि सबैभन्दा धेरै बजेट कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सडक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता दिँदै सबैभन्दा ठूलो रकम विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाखको बजेटमा सडक पूर्वाधारका लागि १० अर्ब ५७ करोड ५१ लाख छुट्याइएको छ। त्यस्तै, ऊर्जा, सिँचाइ, खानेपानी तथा सरसफाई क्षेत्रका लागि ४ अर्ब ७३ करोड ३० लाख रहेको छ। स्वास्थ्य सेवाको विस्तारका लागि ३ अर्ब ५१ करोड ७१ लाख, पर्यटन, वन तथा वातावरणका लागि २ अर्ब ९७ करोड ६६ लाख, र कृषि, उद्योग तथा सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड विनियोजन गरिएको छ।

 

कमेन्टहरु