जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि पाँच हजार रुपैयाँ

नवलपुर टुडे


वालिङ (स्याङ्जा) । जन्मदर्ता प्रोत्साहन गर्न भीरकोट नगरपालिका–८ ले बच्चा जन्मेपछि खाता खोलेर रु पाँच हजार जम्मा गरिदिने अभियान थालेको छ ।
वडा कार्यालयले चालु आर्थिक वर्षदेखि अभियान थालेको हो । बच्चा जन्मेपछि ८ नं वडा कार्यालयमा जन्मदर्ता गर्ने सबै नवजात शिशुहरुका लागि लागू हुने गरी वडा कार्यालयले पाँच हजार र अभिभावकले पाँच हजार गरी कुल १० हजार खातामा जम्मा गरिदिने वडा अध्यक्ष नन्दलाल खनालले बताए ।
शिशुको खातामा जम्मा भएको रकम बच्चाको उमेर १८ वर्ष पूरा भएपछि मात्र अभिभावकले परिवारले निकाल्न पाउने व्यवस्था गरिएको उनले बताए ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म वडा कार्यालयमा ३१ जना बालबालिकाको जन्मदर्ता भएको छ । खाता खोल्ने अभियानसँगसँगै वडा कार्यालयले भालेसहित सुत्केरी भेटघाट, न्यानो भोटो वितरणजस्तालाई निरन्तरता दिएको छ ।
“सुनौला हजार दिनका आमा र शिशुको स्वास्थ्य तथा पोषणमा ध्यान दिँदै वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु घर–घरमा पुग्छौँ,” उनले भने, “स्वास्थ्यसम्बन्धी परामर्श पनि दिने गरेका छौँ ।”

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

जलवायु न्याय, वित्त र पर्वतीय विषय हाम्रा मुद्दा हुन् : मन्त्री चौधरी

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

अरुपनि पढ्नुहोस
सबै
दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत

संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै
















