‘विदेशमा ठुलठुला काण्ड गरेका चटके नेपालमा नेता बन्न आउँछन्’: उपप्रधानमन्त्री सिंह

नवलपुर टुडे


काठमाडौँ। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिमा अनेक थरी मान्छेहरू आउने बताउँदै जनताले सधैँ सही मान्छे छान्नुपर्ने बताएका छन्। शनिवार काठमाडौंको एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो दाबी गरेका हुन्।
‘अहिले मान्छेहरूलाई कस्तो लाग्छ भने, यो राजनीति गर्ने मान्छेहरू सबै समाजको काम नलाग्ने मान्छे मात्रै राजनीतिमा लाग्छ, भन्ने खालको भाष्य विकास गर्न खोजिरहेको छ,’ उनले भने,‘त्यसमा सबैले के बुझ्नुपर्यो भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्टाउन कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन । कुनै आधार नसोची लाग्नु हुँदैन ।’
राजनीति देशको समग्र विकास गर्न सक्ने सशक्त माध्यम रहेको र राजनीति शक्तिको स्रोत पनि भएकाले यहाँ अनेक थरी मान्छे आउने बताए। ‘यहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरू पनि आउँछन् । विदेशमा गएर ठुलोठुलो काण्ड गरेर नेपाल फर्किएर अनि ठुलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन्,’ उपप्रधानमन्त्री सिंहले भने। जनताले छान्ने बेला चुके आफ्नै अधिकार कुण्ठित हुने पनि उनले बताए।
उपप्रधानमन्त्री सिंहले चटके र विदेशमा काण्ड घटाएका कसलाई भन्न खोजेका हुन, त्यो भने प्रष्ट खुलाएनन्।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
















