विपक्षी दलहरूको संयुक्त बैठक जारी

रासस


काठमाडौं, माघ १७ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी छ ।
संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन् ।
सरकारले लामो समय संसद नबोलाएर विधाराधीन अवस्थामा रहेका विधेयककै अध्यादेश ल्याएपछि विपक्षी दलले त्यसको विरोध गरिरहेका छन् । यसबारे संसद्मा कसरी उपस्थित हुने भन्ने रणनीति बैठकले तय गर्ने छ ।
बैठकमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधि सहभागी छन् ।
आजै दिउँसो १ बजे माओवादी केन्द्रले संसदीय दलको बैठक पनि बोलाएको छ ।
सत्ता साझेदार दलहरुले पनि यसअघि नै संयुक्तरुपमा बैठक बसेर एकजुट भएर संसदमा प्रस्तुत हुने र अध्यादेशको पक्षमा उभिने निर्णय गरेका छन् ।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
अरुपनि पढ्नुहोस
सबै
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई
















