देश

राष्ट्रपति पौडेलद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी

नवलपुर टुडे
२०८१ माघ २ | मध्यान्ह ०५:१० बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई जारी गरेका छन् ।

यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए । पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

कमेन्टहरु