वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

नवलपुर टुडे

सारांश
पर्सा। वीरगञ्ज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ।
महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरको सौन्दर्य कायम गर्ने उद्देश्यअनुरुप सार्वजनिक विद्युत्का खम्बा तथा सार्वजनिक स्थानमा नियमविपरीत राखिएका अनधिकृत होर्डिङ बोर्ड, ब्यानर तथा प्रचार सामग्री आजदेखि हटाउन सुरु गरेको हो ।
महानगरपालिकाले सार्वजनिक पोल तथा स्थानमा विज्ञापन सामग्री राख्नुअघि महानगरपालिकाबाट आवश्यक अनुमति लिन आग्रह गर्दै वीरगञ्जका विभिन्न चोक तथा सडकका विद्युत् खम्बामा जथाभावी टाँगिएका निजी क्लिनिक, चिकित्सक तथा विभिन्न व्यवसायका प्रचार सामग्री हटाउने कामको थालनी गरिएको महानगरका हरियाली संयोजक प्रकाश खेतानले जानकारी दिए।
महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत वीरगञ्जका मुख्य सडक, चोक तथा विद्युत्का खम्बामा अनुमति नलिई राखिएका प्रचार सामग्री हटाउने कार्य तीव्र पारिएको उनको भनाइ छ। उनले भने, “महानगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने दायित्व हामी सबैको हो, त्यसैले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर सहरी सौन्दर्य बिगार्ने र अनुमतिविना विज्ञापन राख्ने छुट कसैलाई छैन।”
महानगरपालिकाले कुनै पनि अनुमति नलिई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री नराख्नसमेत सम्बन्धित व्यक्ति तथा संस्थालाई अनुरोध गरेको छ।
अहिले सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्जको मुख्य सडकलाई आगामी दसैँअघि पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने उद्देश्यअनुरुप त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५-२५ मिटर दायाँ-बायाँ विस्तार गर्ने उद्देश्यअनुसार घरहरु भत्काउने काम सम्पन्न गरेको छ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















