Opens in a new tab

विश्व

४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी

एजेन्सी
२०८३ अशोज ११ | मध्यान्ह ०४:०६ बजे

काठमाडौँ। विश्व पर्यटन दिवस २०२६ का अवसरमा चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरिएको छ। बागमती प्रदेश पर्यटन कार्यालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आइतबार काठमाडौँमा एकदिने चित्रकला तथा फोटो प्रदर्शनी आयोजना गरेको हो।

प्रदर्शनीमा बागमती प्रदेशको पर्यटकीय, प्राकृतिक, सांस्कृतिक तथा कलात्मक पहिचान झल्किने चित्र तथा तस्बिर समावेश गरिएका छन्। कुल १६ कलाकारका २१ वटा विभिन्न विधाका उत्कृष्ट कलाकृति अवलोकनका लागि राखिएको पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए।

प्रदर्शनीमा विशेषगरी बागमती प्रदेशका प्रमुख पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यका साथै नेपालमा प्रचलित विभिन्न परम्परागत तथा आधुनिक कला शैलीलाई प्रस्तुत गरिएको छ । प्रदर्शनीमा कलाकार एससी सुमन, केशवराज खनाल, देवेन्द्र थुम्केली, नरबहादुर विक, प्रदीप अधिकारी, शोभा ढकाल, देवासी काफ्ले, प्रकाश मिजार, सञ्जय प्रधान, सिकन्दर चौधरी, बाबुराम पौडेल र नारायण ढुङ्गानालगायत स्रष्टाका कलाकृति राखिएका छन्।

कमेन्टहरु