काठमाडौं–२ मा क्षेत्रीय कांग्रेसको अधिवेशन सम्पन्न, सबै सर्वसम्मत


काठमाडौं । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ मा क्षेत्रीय अधिवेशन सकिएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय सभापतिमा कबिर शर्मा पुन: चयन भएका छन् । प्रदेश निर्वाचन क्षेत्र- २ र प्रतिनिधि निर्वाचन क्षेत्र- २ मा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो। उक्त क्षेत्रबाट ३४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ ।
महिलातर्फ प्रतिमा गौतम, शर्मिला कार्की थापा, मञ्जु खड्का र संगीता श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, श्रमिकतर्फ सत्यमान लामा र पेसागत व्यवसायीतर्फ सुशील फुयाल निर्वाचित भएका छन् । युवा (महिला)तर्फ प्रकृति भण्डारी तथा युवा (खुला)तर्फ सन्तोष चौलागाईं र दिनेश पुडासैनी चयन भएका छन् ।
फरक क्षमताकातर्फ कुशाश्री न्यौपाने, अल्पसंख्यकतर्फ प्रह्लाद सुनुवार, दलिततर्फ हरिशरण नेपाली र प्रजातन्त्र सेनानीतर्फ भपी दंगाल (भरत) निर्वाचित भएका छन् । समावेशीतर्फ खसआर्य खुलाबाट होमनाथ गौतम, ओमबहादुर कार्की, श्याम कार्की र पुरुषोत्तम चौलागाईं निर्वाचित भएका छन् । खसआर्य महिलातर्फ पवित्रा हुमागाईं लामिछाने, भद्रा पराजुली भण्डारी र दोर्णा खड्का चयन भएका छन्।
त्यसैगरी, आदिवासी जनजातितर्फ गोविन्द श्रेष्ठ र सुना बहादुर तामाङ, दलित महिलातर्फ सोना परियार तथा मधेसीतर्फ डा. सुमेष मिश्र निर्वाचित भएका छन्।






















