काठमाडौं–२ मा क्षेत्रीय कांग्रेसको अधिवेशन सम्पन्न, सबै सर्वसम्मत

नवलपुर टुडे

सारांश
काठमाडौं । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ मा क्षेत्रीय अधिवेशन सकिएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय सभापतिमा कबिर शर्मा पुन: चयन भएका छन् । प्रदेश निर्वाचन क्षेत्र- २ र प्रतिनिधि निर्वाचन क्षेत्र- २ मा सर्वसम्मत अधिवेशन सम्पन्न भएको हो। उक्त क्षेत्रबाट ३४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको छ ।
महिलातर्फ प्रतिमा गौतम, शर्मिला कार्की थापा, मञ्जु खड्का र संगीता श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, श्रमिकतर्फ सत्यमान लामा र पेसागत व्यवसायीतर्फ सुशील फुयाल निर्वाचित भएका छन् । युवा (महिला)तर्फ प्रकृति भण्डारी तथा युवा (खुला)तर्फ सन्तोष चौलागाईं र दिनेश पुडासैनी चयन भएका छन् ।
फरक क्षमताकातर्फ कुशाश्री न्यौपाने, अल्पसंख्यकतर्फ प्रह्लाद सुनुवार, दलिततर्फ हरिशरण नेपाली र प्रजातन्त्र सेनानीतर्फ भपी दंगाल (भरत) निर्वाचित भएका छन् । समावेशीतर्फ खसआर्य खुलाबाट होमनाथ गौतम, ओमबहादुर कार्की, श्याम कार्की र पुरुषोत्तम चौलागाईं निर्वाचित भएका छन् । खसआर्य महिलातर्फ पवित्रा हुमागाईं लामिछाने, भद्रा पराजुली भण्डारी र दोर्णा खड्का चयन भएका छन्।
त्यसैगरी, आदिवासी जनजातितर्फ गोविन्द श्रेष्ठ र सुना बहादुर तामाङ, दलित महिलातर्फ सोना परियार तथा मधेसीतर्फ डा. सुमेष मिश्र निर्वाचित भएका छन्।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















