Opens in a new tab

देश

बाढीपहिरोमा परी २२८ जनाको मृत्यु, २५ जना बेपत्ता

नवलपुर टुडे
२०८१ अशोज १६ | बिहान ०७:०६ बजे

काठमाडौँ । केही दिन अघिको भारी बर्षाका कारण बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्।

अन्य एक सय ५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छभने खोज, उद्धार र सहायता परिचालन गरिएको छ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताएका छन्।

कमेन्टहरु