दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते हुने

नवलपुर टुडे

सारांश
चितवन, असोज १२ । दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी तीव्र पारिएको छ । दोस्रो मिस्टर चितवन शारीरिक सुगठन, प्रथम पुरुष स्पोर्टस फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता असोज १६ र १७ गते भरतपुरस्थित सिएमटी रिसोर्टमा हुनेछ । आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले प्रतियोगिताको मिति नजिकिदै गर्दा तयारी तीव्र पारिएको जानकारी दिएको हो ।
दुई दिन चल्ने प्रतियोगितामा विभिन्न ९ विधामा प्रतिस्पर्धा हुनेछ । मिस्टर चितवनतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । मास्टर वेटसँगै पुरुष स्पोर्टस् फिजिक्स खुला र महिला एथ्लेटिक्स फिजिक्स खुलामा पनि प्रतिस्पर्धा हुने आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए । मिस्टर चितवनको दोस्रो संस्करणमा पुरुष स्पोर्टस फिजिक्स पनि समावेश गरिएको गुरुङले बताए ।
प्रतियोगितामा चितवन जिल्ला भित्रका करिब ७० जना खेलाडीहरु सहभागी हुनेछन् । सहभागी खेलाडीहरुको तौल तथा उचाइ मापन १६ गते र १७ गते उनीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको भरतपुर महानगरपालिकाका कार्यबाहक मेयर चित्रसेन अधिकारीले उद्घाटन गर्नेछन् । मिस्टर चितवन ओभरअलमा विजेताले गोल्ड मेडलसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै शारीरिक सुगठनमा विभिन्न तौल समूह तथा मास्टर वजनका विजेताले २५ हजार, दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिला एथ्लेटिक्स फिजिक्स तथा पुरुष स्पोर्टस् फिजिक्सतर्फ विजेताले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० तथा तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न २१ लाख खर्च हुने अनुमान गरिएको छ । यस अघि २०८१ मा भएको प्रथम मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको उपाधि राजकुमार मानन्धरले जितेका थिए।

नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

रौतहटको गढीमाई–८ मा खानेपानीको ट्यांकीबाट आउने पानीमा किरा देखिएको स्थानीयको गुनासो

८७ वर्षीया ‘मारिकार्मेन’को मृत्युपछि स्पेनमा चर्कियो आवास संकटविरुद्ध प्रदर्शन

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर
अरुपनि पढ्नुहोस
सबै
अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया















