नवलपरासी प्रहरीद्वारा भदौ महिनामा १८४ जना फरार प्रतिवादी पक्राउ


परासी । नवलपरासी प्रहरीले भदौँ महिनामा मात्र विभिन्न कसुर गरी कैद भुक्तानी गर्न बाँकी रहेक १८४ जना फरार प्रतिबादी पक्राउ गरिएका छन । पक्राउ पर्नेमा विभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका प्रतिबादीहरु रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) ले २०८१ साल भदौ महिनामा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत जिल्ला तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका विभिन्न मुद्धाका १८४ जना फरार प्रतिवादी पक्राउ गरि फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
जस अन्तरगत ३३ वर्ष ६ महिना २७ दिन कैद तथा रु.१२,४८,४४७ रुपैयाँ जरिवाना असुल गरिएको छ । साथै अभियानका क्रममा ३७ जना फरार पक्राउ गरी सबै भन्दा धेरै संख्याका आधारमा ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख प्र.व.ना.नि. रमेश प्रसाद रेग्मीले पक्राउ गरिएकोले वहाँलाई कार्यालयले नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
साथै फरार प्रतिवादी पक्राउ कार्य निरन्तर जारी रहने बोहराले बताए ।























