मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
थुनिएको कवाडी नदि बिस्तारै खोल्न सुरु, आसपासका स्थानीय सजग रहन आग्रह


बाजुरा, भदौ १४। जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर २ रुम्दिमा लागेको पहिरोले कवाडी नदि थुनिएको नदि खोल्न सुरु गरिएको छ । आसपासका बासीन्दा सजग रहन गाउँपालिकाको अुनरोध गरिएको छ। शुक्रवार बिहान करिब १० बजेको समयमा रुम्दिमा लागेको सुख्खा पहिरोले कवाडी नदि थुनिएको हो । खोलामा एक्कासी अत्याधिक मात्रामा पानीको बहाव घटेपछि स्थानीयबासी त्रसित हुदैँ प्रहरीलाई खबर गरेका थिए । सुख्खा पहिरोले थुनिएको खोलामा करिब १२ बजेसम्म केहि पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । पहिरोले हिमाली गाउँपालिका २, ४ र ५ लगायतका वडाका अधिकांश वस्तीहरु डुवानको उच्च जोखिममा रहेका छन् । अहिले प्रहरीको टोलि पनि सम्बन्धित क्षेत्रमा खटिएको र आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। त्यस्तै हिमाली गाउँपालिकाले पनि रुम्दिमा लागेको पहिरोले कवाडी खोला थुनिएपछि आसपासका बासीन्दा हरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कवाडी र कर्णाली नदिमा कुनै पनि समयमा पानीको बहाव बढ्न सक्ने हुँदा आसपासका बासीन्दाहरुलाई सजग रहन अुनरोध गरेको छ ।


















