मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पन्जिकरण काम वडा कार्यालयबाट पाँउदा स्थानीय खुशी

उमेश रोकाया
२०८१ भदौ १४ | बिहान ०७:०५ बजे

बाजुरा, भदौ १३। पन्जिकरणमा हुने काम वडा कार्यालयबाट सेवा सुबिधा पाँउदा स्थानीय वासी खुशी भएका छन। बाजुरा जिल्लाकै अति दुर्गम हिमाली गाउँपालिकाको बिच्छ्यालाई मानिन्छ। जहाँ भौगोलिक बनावटले गर्दा पछाडी परेको ठाउँ हो। घरबाट जन्मदर्ता, विवाह दर्ता लगायत काम गर्ने पालिका धाउनुपर्ने अवस्था थियो। सामान्य जन्मदर्ता बनाउन गाउँबाट ४/५ पैदल यात्रा गरेर जिपमा २ घन्टा गाडी चढेर ७ सय रुपैयाँ जान र फेरि घरमा आउन पनि ७ सय रुपैयाँ खर्च गरेर जन्मदर्ता, विवाह दर्ता बनाउन जानुपर्ने अवस्था रहेको थियो। जेष्ठ महिनाको दोस्रो हप्ताबाट स्थायी कर्मचारी वडा कार्यालय आएपछि आजभोलि पन्जिकरणका काम सहित विभिन्न अन्लाईन बाट हुने कामकाज वडाबाट गुणस्तरीय सेवा प्रदान दिइरहेको हिमाली गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जोख्या भण्डारीले बताए। वडा कार्यालयमा स्थायी कर्मचारी आइसकेपछि वडा कार्यालयबाट पन्जिकरण काम सहित नेट ईन्टरनेट कामकाज पनि दैनिक दिन भैरहेको छन। पहिला वडा कार्यालय कर्मचारी भएपनि स्थायी कर्मचारी नहुदा वडा हुने काम गाउँपालिकाको कार्यालयमा धाएर काम गर्नुपर्ने बाध्यता थियो। आउन जान समय र पैसा उत्तिकै खर्चिलो गरेर काम हुन्थ्यो। पालिकाले स्थायी कर्मचारी वडा कार्यालय सचिव रूपमा काम गर्ने स्थायी कर्मचारी पठाएपछि पहिलेको जस्तो समस्या अहिले हटेको छ। हिमाली गाउँपालिका केन्द्रबाट सबैभन्दा टाढा दुरी रहेकोे वडा नम्बर १, २ र ३ को वडा विशेषगरी रहेका छन। अहिले वडा नम्बर १ र ३ मध्यनजर गरेर १ को वडा कार्यालयमा पन्जिकरण सेवा लिएका छन। पहिला सानोतिनो काम गर्ने गाउँपालिका धाउनुपर्ने अवस्था हटेको हुँदा यहाँका अधिकास स्थानीय खुशी भएका छन। हिमाली गाउँपालिका वडा नम्बर १,२, र ५ नम्बर वडामा स्थायी कर्मचारी खटाइएको पन्जिकरण काम सहित विभिन्न कामकाज वडा कार्यालयबा स्थानीय सेवा प्रदान गरिरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए। प्रदेश सरकारलाई पालिकाका ७ वटै वडामा स्थायी कर्मचारी माग गरेपनि कर्मचारी संख्या कमै आउने गर्दा सबै वडामा पन्जिकरण सेवा सुबिधा दिन सकिरहेको छैन। प्रदेश लोकसेवा गरेर पालिकामा आएका स्थायी कर्मचारी पालिकाबाट टाढा पर्ने हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्या, २ नम्बर वडा कार्यालय कोट ५ नम्बर वडा कार्यालय कवाडी कार्यालय पठाएर जन्मदर्ता लगायत पन्जिकरण कामकाज नियमित गरिरहेका छन। पालिकाबाट नजिकै रहेका वडा नम्बर ४,६ र ७ वडाका स्थानीयहरु पालिकामा आएर पन्जिकरण सेवा सुबिधा पाएका छन। सबै वडा कार्यालय बिधालय र स्वास्थ्य कार्यालय ईन्टरनेट पहुँचमा ल्याएको छ। आफू जनता हकहितका लागी निर्वाचन भएको दिनबाट निरन्तर लागिपरेको अध्यक्ष मल्लले बताए। दुर्गम वडा कार्यालयमा जन्मदर्ता र विवाह दर्ता लगायत कामकाज वडा कार्यालयबाट सेवा सुबिधा लिन पाँउदा स्थानीय खुशी भएका छन। वडा कार्यालय बाटै विभिन्न सेवा पाउदा आजभोलि पालिका धाउनुपर्ने बाध्यता हटेको स्थानीय कर्ण बहादुर रोकायाले बताए।

कमेन्टहरु